काठमाडौं, २० साउन । नेपाल फाइनान्सकाे नाफामा गिरावट आएकाे छ । फाइनान्सले सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा खुद नाफामा गिरावट आएकाे हाे ।
यस अवधिमा फाइनान्सकाे खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा पुगेकाे छ । गत आवको साेहि अवधिमा २ करोड १ लाख ३४ हजार रहेकाे थियो ।
खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेकाे छ । यसरी बढेर रूपैयाँ ११ करोड ७ लाख ५५ हजार भएकाे छ । सञ्चालन नाफामा १०.०३ प्रतिशतले बढेर रूपैयाँ २ करोड ५८ लाख ८३ हजार रहेकाे छ ।
फाइनान्सकाे खुद ब्याज र सञ्चालन आम्दानी बढेकाे भएपनि इम्पयरमेन्ट चार्ज बढेकाेले खुद नाफामा असर पुगेकाे हाे । इम्पेयरमेन्ट चार्ज यो वर्ष रपैयाँ ६२ लाख ५८ हजार छ । अघिल्लो वर्ष रूपैयाँ २ करोड ५० लाख ३९ हजार थियाे ।
कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ७२ करोड ९९ लाख ६ हजार रहेकाे छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा रहेकाे छ भने नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेकाे छ ।