आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले घटेको छ । यसरी घटेको चाँदी तोलाको १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।