स्टाण्डर्ड चार्टर्ड बैंकको नाफामा भारी गिरावट

-



     सफल आवाज    
     श्रावण २० गते २०८१ मा प्रकाशित



काठमाडौं, २० साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय बिवरण सार्वजनिक गरेकाे छ । उक्त वित्तीय बिवरण अनुसार बैककाे खुद नाफा ४.५१ प्रतिशतले घटेर ३.३ अर्ब रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्ममा बैंकको कुल चुक्ता पुँजी ८.६३ अर्ब सञ्चिति र आम्दानी २ अर्ब ४९ करोड रहेको छ । बैंकको कुल निक्षेप घटेर १.१२ खर्ब पुगेको छ ।

बैककाे खुद ब्याज आम्दानी १३.४६ प्रतिशतले घटेर ५.१५ अर्बमा कायम भएको छ । बैंकको कर्मचारी खर्च १.५८ अर्ब रहेको छ भने कमजोरी शुल्क ६३.८८ प्रतिशतले घटेर २१ अर्ब ६१ करोड रहेको छ । बैंककाे निष्क्रिय कर्जा (एनपीएल) २.१४ प्रतिशतमा बढेको छ । बैंकले २ अर्ब ४९ करोड वितरणयोग्य नाफा गरेको जनाएको छ ।