प्रभु बैंकको खुद नाफामा उछाल, यस्ता छन अन्य सूचक

-



     सफल आवाज    
     श्रावण २१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २१ साउन । प्रभु बैंककाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ। बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बृद्धि भएकाे देखिएकाे छ।

असार महिनाकाे अन्त्य सम्ममा बैंकले ४ अर्ब ४८ करोड खुद नाफा गरेकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४९९.०४ प्रतिशतले धेरै हो ।

बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि र इम्पेयरमेन्ट चार्ज भारी मात्रामा घटेकाेले नाफामा भारी मात्राकाे उछाल देखिएकाे हाे । 

बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा खुद नाफा रूपैयाँ २८ करोड रहेकाे थियाे। गत अघिल्लो आर्थिक वर्ष २०७९/८०) को वित्तीय विवरणमा भने बैंकले असार मसान्तसम्म रूपैयाँ २ अर्ब २५ करोड खुद नाफा गरेकाे थियो।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो। आज प्रकाशित भएकाे वित्तीय विवरण अनुसार बैंकको इम्पेरमेन्ट चार्ज रूपैयाँ ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेर १२ अर्ब २ करोड २५ लाख रहेकाे छ । सञ्चालन नाफा ३५४.६२ प्रतिशतले बढेर ७ अर्ब ५ करोड रुपैयाँ भएकाे छ ।  

बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड बढी छ । जगेडामा ११ अर्ब ६६ करोड रहेकाे छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ११ पैसाले बढेर १९ रुपैयाँ ३ पैसा भएकाे छ । नेटवर्थ १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।