
काठमाडौं, २१ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।
यसदिन सुनचाँदीको कारोबारको इतिहासमै पहिलोपल्ट सुनको भाउ बढेर डेढ लाख पुगेको हाे । चाँदीकाे भाउ ने स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाउदै तोलाको १ लाख ५० हजारमा कारोबार भईरहेको जनाएाे छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ३७ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार सेतो धातु चाँदीको भाउ आज स्थिर रहेको छ । भाउ स्थिर रहेर चाँदी तोलाको १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेकाे छ । आईतबार पनि चाँदी ताेलाकाे १ हजार ७ सय ८५ रूपैयाँमा नै काराेबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




