काठमाडौं, २१ साउन । बिहिबार करेक्सन भएको सेयर बजार आज भने उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारको सकारात्मक लयले लगानीकर्ताहरु चलायनमान भइरहेकाे संकेत गरेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । कुल ३२६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयरको खरिदबिक्रीबाट २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २६ करोड ४ लाख ८८ हजार ७ सय ६२ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूय घटेको छ । कम्पनीको सेयरमुल्य १० प्रतिशतले घटेको छ ।