काठमाडौं, २२ साउन । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ।
कम्पनीका अनुसार अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभएको सेयर बिक्री गर्न लागिएकाे हाे । यसका लागि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न पाउने भएका छन्।
लगानी गर्न चाहने लागनीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश दिनुपर्नेछ। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकोमा लगानीकर्ताले सोहि दर वा त्याेन्दा बढी मूल्य राखेर बोलकबोल गर्नुपर्नेछ। यसका लागि घटीमा १०० कित्ता तथा बढीमा सबै सेयरका लागि आवेदन दिन पाइनेछ।
लगानी गर्न चाहने लगानीकर्ताले बिक्री प्रबन्धक, ग्लोबल आइएमई बैंकका शंखमुल, बिर्तामोड, हनुमानदास रोट, जनकपुरधाम, आर्दशनगर, विरगञ्ज, हेटौँडा, नारायणगढ, न्यूरोड (पोखरा), मिलनचोक (बुटवल), बाग्लुङ्ग बजार, त्रिभुवन चोक (नेपालगञ्ज), विरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न पाउनेछन्।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।