लक्ष्मी सनराइज बैंकले २ अर्ब २८ करोड खुद मुनाफा कमायाे

-



     सफल आवाज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित


Logo Variations


काठमाडौं, २२ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडको खुद नाफा बढेको छ। बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको रिपाेर्टमा उल्लेख गरिएकाे छ।

सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। सोही अवधिमा बैंकको याे आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड रुपैयाँ र वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेको छ।

२३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.०३ प्रतिशत बढेको छ भने कर्जा १.०१ प्रतिशत मात्र बढेको छ।