माछापुच्छ्रे बैंकको नाफामा गिरावट

-



     सफल आवाज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ साउन । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा घटेको छ। बैंकले यस अवधिमा १ अर्ब २५ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६..७६ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। सोही अवधिमा बैंकको आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ ।

बैंकको कर्जा लगानी ०.७७ प्रतिशत मात्र बढेको छ। खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।