१ अर्ब १० करोड रुपैयाँ मुद्धति निक्षेपमा राख्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागेको जानकारी दिएकाे छ ।

राष्ट्र बैंकले १ अर्ब १० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सूचना जारी गरेकाे हो।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा साे रकम मुद्दति निक्षेपमा राखिनेछ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड लगानी गर्ने जनाएकाे छ ।

यस्तै ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकका लागि रुपैयाँ १६ करोड ५० लाख तथा ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रुपैयाँ ५ करोड ५० लाख मुद्दति निक्षेपमा राखिने भएकाे हाे ।

बैंकले जनाए अनुसार मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर पनि खुलाएर आवेदन दिन बैंकहरुलाई भनिएको छ।

बैंकले जारी गरेकाे सूचना अनुसार २०८१ भदौ ४ गतेदेखि २०८१ चैत ९ गतेसम्म २१५ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने भएकाे छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले भदौ २४ गते राति ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

राष्ट्र बैंकले जारी गरेकाे सूचना