काठमाडाैं, २३ साउन । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा आकर्षक बृद्धि देखिएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा ३६२.५९ प्रतिशतले बढेकाे हाे ।
संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म रूपैयाँ २१ करोड ९५ लाख खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ३६२.५९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा संस्थाले रूपैया ४ करोड ७४ लाख खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा सामान्य बढेकाे छ । इम्पेरमेन्ट चार्ज घटेकाले संस्थाकाे खुद नाफामा सुधार देखिएकाे हाे । खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेकाे छ । खुद फि र कमिशन आम्दानी ३०.८८ प्रतिशतले बढेको छ।
संस्थाकाे कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा भने ३५२.७४ प्रतिशतले बढेको छ। खराब कर्जा ५.८४ प्रतिशतले बढेर ७.६८ प्रतिशत भएकाे छ।
इम्पेरमेन्ट चार्ज रूपैयाँ १२ करोड ५४ लाखबाट घटेर १ करोड ९४ लाख रुपैयाँ कायम भएकाे छ। यसैकाे कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे ।
संस्थाकाे प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६३ पैसा भएकाे छ। असार मसान्तसम्म प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ५३ पैसा रहेको पाइएकाे छ । मूल्य आम्दानी रेसियाे ४२.०८ गुणा छ।
संस्थाकाे वितरणयोग्य मुनाफा रूपैयाँ १९ करोड ६२ लाख रहेकाे छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा रहेको छ। संस्थाकाे चुक्ता पूँजी रुपैयाँ १ अर्ब ३२ करोड रहेकाे छ । जगेडामा रुपैयाँ ८४ करोड ४५ लाख रहेकाे छ। निक्षेप तथा सापटी २.११ प्रतिशतले र कर्जा ०.४८ प्रतिशतले घटेको छ।