करेक्सनको भोलिपल्टै नेप्से १०८.३५ अंकले बढ्याे, करिब १८ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ साउन । अघिल्लो दिन करेक्सन देखिएको नेप्सेमा भोलिपल्टै आज उकालोको यात्रामा गएको छ ।

मंगलार १४५ अंकको गिरावट भएको नेप्सेमा यसदिन १०८ अंकको बढोत्तरीले लगानीकर्ताहरु उत्साहित भएका छन् । हिजाेकाे टर्नओभर पाैने २४ अर्बकाे थियो । आज याे करिब १८ अर्बमा सिमित भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ विन्दुमा चढेको छ । नेप्सेमा ४.०८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १८.९० अंकले बढेर ४८३.४६ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । सबै सूचकहरु बुलिङ चरणमा रहेको दृश्यले लगानीकर्ताहरु सक्रिय रहेको जनाएकाे हो ।

कुल ३३० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयरको कारोबारबाट १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँ ८३ पैसा बराबरको करोबार भएको छ ।

आज पनि सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको १५ करोड ३५ लाख ३६ हजार ४७३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा बैंक लिमिटेड डिबेन्चरको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।