काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भाउ पनि बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ५ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ १४ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १ सय १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७० रुपैयाँ ९३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ १५ पैसा रहेको छ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ २२ पैसा बिक्रीदर १०१ रुपैयाँ ६७ पैसा रहेको छ ।
मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ
आजको मूल्यसूचीः