नागरिक लगानी कोषको नाफासंगै प्रतिशेयर आम्दानी घट्याे

-



     सफल आवाज    
     श्रावण २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ साउन । नागरिक लगानी कोषकाे नाफा घटेकाे छ । काेषकाे नाफासहित इपीएस अर्थात प्रतिशेयर आम्दानी पनि घटेकाे छ ।

काेषकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षकोभन्दा घटेकाे हाे ।

असार मसान्तसम्म काेषाले रुपैयाँ १ अर्ब १० करोड खुद नाफा कमाएकाे छ। जाे अघिल्लो आर्थिक वर्षकोभन्दा ९.९१ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षमा कोषले रुपैयाँ १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा गरेकाे थियो।

गत आर्थिक वर्षमा कर खर्च बढेकाेले कोषको नाफामा कमि भएकाे हाे ।

कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेकाे छ । सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशतले बढेको छ। कुल आम्दानी ५.२५ प्रतिशतले र कुल खर्च २.७२ प्रतिशतले बढेको छ।

काेषकाे नाफासहित इपीएस अर्थात प्रतिशेयर आम्दानी पनि घटेको छ। इपीएस आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसा कायम भएकाे छ। नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा छ।

कोषको चुक्ता पूँजी रुपैयाँ ५ अर्ब ३१ करोड रहेकाे छ भने जगेडामा रुपैयाँ १८ अर्ब १५ करोड रहेकाे छ।