
काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट सेयर (आइपीओ) खुलाइने जानकारी दिएका छन्।
प्राधिकरणमा दाेस्रो कार्यकालको तेश्राे वर्ष पूरा भएको अवसरमा आयोजना गरिएकाे पत्रकार सम्मलेनमा घिसिङले कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्ने तयारी गरिएकाे बताए ।
आइपीओबाट संकलित रकम ठूला जलविद्युत आयाेजनामा लगानी गरिने उनले बताए । उनले विद्युतिकरणमा विकास भइरहेकाे जनाउदै ८९ प्रतिशतमा रहेकाे विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको बताए ।
२०८०-८१ सालसम्म विद्युत चुहावट १२.७३ प्रतिशतमा झरेकाे बताए । हामीले चुहावट नियन्त्रण गर्न सफल भएका छाैं । उनले भने, ८ वर्ष अघिसम्म २५.७८ प्रतिशत विद्युत चुहावट भएकाेमा गत वर्ष प्रणालीको चुहावट १२.७३ प्रतिशतमा झरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




