सूर्य नेपालले गर्याे २०२३ मा करिब २९ अर्बकाे व्यापार

-



     सफल आवाज    
     श्रावण २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ साउन । सूर्य नेपाल प्रालिले सन् २०२३ मा करिब २९ अर्बकाे व्यापार गरेकाे छ । कम्पनीका अनुसार रूपैया २८ अर्ब ९९ करोड बराबरको व्यापार भएकाे हाे ।

कम्पनीकाे सन २०२२ काे भन्दा सन् २०२२ को व्यापार ७.३१ प्रतिशत बढी भएकाे छ । सन् २०२२ मा कम्पनीकाे व्यापार रूपैयाँ २७ अर्ब १ करोड ४० लाख रहेकाे थिथयाे ।

कम्पनीले सूर्य लिजेन्ड, सूर्य लक्जरी किङ्स, सूर्य २४ क्यारेट, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गर्दै आएकाे छ ।  कम्पनी सन् १९८६ मा स्थापना भएको थियाे । यसका साथै कम्पनीले अगरबत्तीकाे उत्पादन र बिक्री वितरण गरिरहेकाे छ । 

कम्पनीमा आइटीसी लिमिटेड, भारतको ५९ प्रतिशत रहेको छ । बाँकी ३९ प्रतिशत नेपाली नागरिक र २ प्रतिशत ब्रिटिस अमेरिकन टोब्याको लिमिटेडको लगानी रहेकाे छ ।