यी हुन् विद्युत प्राधिकरणका उपलव्धि र चुनाैती (पूर्णपाठ)

-



     सफल आवाज    
     श्रावण २६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २६ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नाे दाेश्राे कार्यकालकाे ३ वर्षमा गरेका कामहरूकाे विवरण सार्वजनिक गरेका छन् ।

घिसिङकाे दाेश्राे कार्यकाल पूरा हुन अब १ वर्ष बाँकी रहेकाे छ । उनले तीन वर्षकाे कामकाे विवरणकासाथ बाँकी कार्यकालमा गर्नुपर्ने काम र चुनाैतीहरू पनि प्रस्तुत गरेका छन् ।

अहिले संसदसम्म बहसकाे विषय बनेकाे डेडिकेटेड र ट्रंकलाइनको महसुलब विवादका लगायतका विषयमा उनले आफ्नाे धारणा बाहिर ल्याएका छन् ।

बिहीबार घिसिङले लेखा समितिले मागेगरे बमाेजिम डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको ५० हजार पृष्ठकाे विवरण पेश गरेका थिए ।