प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५औं शाखा सञ्चालनमा

-



     सफल आवाज    
     श्रावण २६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २६ साउन । प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्युठान जिल्लाकाे प्युठान नगरपालिका, वडा नं.४ प्युठानस्थित बिजुवारमा आफ्नो ३१५ औँ शाखा सञ्चालनमा ल्याएको छ ।

साे शाखाकाे जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जिसीले उद्घाटन गरेका हुन् ।

बैङ्कको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास बैङ्कले लिएको छ ।