आज सुनमा रु ७ सयले बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

सुनमा रुपैयाँ ७ सयले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले जनाए अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।