आशा लघुवित्तकाे नाफामा आकर्षक सुधार

-



     सफल आवाज    
     श्रावण २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ साउन । आशा लघुवित्त वित्तीय संस्थाकाे नाफामा आकर्षक सुधार देखिएकाे छ ।

संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरणका अनुसार संस्थाले गत आर्थिक वर्षको अन्त्यसम्ममा आउदा साे नाफा गरेकाे हाे।

गत आर्थिक वर्षको असारसम्म रूपैयाँ ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएकाे । अघिल्लो वर्ष कम्पनीकाे साे नाफा रूपैयाँ १ लाख ४८ हजार मात्रै थियाे । 

खुद ब्याज आम्दानी ८९.९६ प्रतिशतले बढेकाे छ । सञ्चालन नाफा ३३९.०२ प्रतिशतले बढेको छ । इम्पेयरमेन्ट चार्ज सामान्य रूपले बढेकाे छ । संस्थाकाे चुक्ता पुँजी ६४ करोड १६ लाख रहेकाे छ । जगेडामा रूपैयाँ २५ करोड ५७ लाख रहेकाे छ । 

वितरणयोग्य नाफा रूपैयाँ १४ करोड ५१ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ३७ पैसा रहेकाे छ । नेटवर्थ १६२.४८ रुपैयाँ रहेकाे छ भने एनपीएल ४.८१ प्रतिशत कायम गरिएकाे छ ।