
काठमाडाैं, २९ साउन । बरुण हाइड्रोपावर कम्पनीकाे आम्दानी घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।
कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले रूपैयाँ ३४ लाख ९२ हजार आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा भने रूपैयाँ ७ करोड ९७ लाख आम्दानी थियाे ।
कम्पनीको आम्दानीमा ९५.६२ प्रतिशतले गिरावट देखिएकाे छ । कम्पनी चलाएकाे हेवाखोला साना जलविद्युत आयोजनामा २०८० असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएको थियाे । २०८२ असार २१ गतेदेखि पुन:निर्माण सम्पन्न गरेर सञ्चालन भएको हाे भने यसैकाे कारण विद्युत बिक्रीकाे आम्दानी पजि घटेकाे हाे ।
कम्पनीको खुद नाफा पनि ९७.३१ प्रतिशत घटेर ३ लाख १ हजार रुपैयाँमा रहेकाे छ। गैर सञ्चालन आम्दानी २९५.७७ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा २९.६५ प्रतिशतले घटेको छ।
असारकाे अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसा रहेको छ । नेटवर्थ १११ रुपैयाँ ४६ पैसा रहेको छ भने रूपैयाँ ५३ करोड ५८ लाख चुक्ता पूँजी रहेको छ । जगेडा कोषमा रूपैयाँ ६ करोड १४ लाख रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




