नेपाल लाइफ इन्स्योरेन्सकाे नाफामा ३०.८१ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     श्रावण २९ गते २०८१ मा प्रकाशित



काठमाडौं २९ साउन । नेपाल लाइफ इन्स्योरेन्सकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढेको छ।

असारकाे अन्त्यसम्ममा इन्स्योरेन्सले रुपैयाँ ५१ करोड ३९ लाख खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ३०.८१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा साे नाफा रुपैयाँ ३९ करोड २९ लाख रहेकाे थियाे ।

इन्स्योरेन्सकाे खुद आर्जित बीमाशुल्क ९.८६ प्रतिशत रहेकाे छ । कुल आम्दानी १२.३४ प्रतिशतले बढेको छ। कुल दाबी भुक्तानी १२.६५ प्रतिशतले र कुल खर्च ११.५८ प्रतिशतले बढेको छ।

प्रतिसेयर आम्दानी १ रुपैयाँ ४७ पैसा बढेर ६ रुपैयाँ २६ पैसा कायम भएकाे छ । मूल्य आम्दानी रेसियाे ९८.९९ गुणा हुँदा नेटवर्थ १२९ रुपैयाँ ११ पैसा रहेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी रुपैयाँ ८ अर्ब २० करोड रहेकाे छ । जगेडा कोषमा रुपैयाँ १ अर्ब ९ करोड रुपैयाँ रहेकाे ५ भने रिटेन्ड अर्निङ्गमा रुपैयाँ ५ अर्ब २८ करोडरहेकाे छ । विववरणका अनुसार अन्य इक्विटीमा रुपैयाँ ७६ करोड १५ लाख रहेकाे छ।