नाडेप लघुवित्तको नाफामा आकर्षक बृद्धि

-



     सफल आवाज    
     श्रावण २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ साउन । नाडेप लघुवित्त वित्तीय संस्थाको खुद नाफा र सूचकहरुमा आकर्षक बृद्धि भएकाे छ ।

संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रुपैयाँ १३ करोड १ लाख ३६ हजार खुद नाफा गरेकाे छ ।

संस्था अघिल्लो वर्षको साेहि अवधिमा रुपैयाँ १ करोड १० लाख ५४ हजार नोक्सानिमा रहेकाे थियो । लघुवित्त खुद ब्याज अम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि खुद नाफा बढेकाे हाे । 

खुद ब्याज आम्दानी १३.७० प्रतिशतले बढेकाे छ । याे बढेर रुपैयाँ ३८ करोड ९ लाख ५ हजार भएकाे छ । सञ्चालन आम्दानी यो वर्ष रुपैयाँ १९ करोड ८१ लाख ३७ हजार भएकाे छ । अघिल्लो वर्षमा याे रुपैयाँ ८१ लाख ९९ हजार थियाे ।

इम्पेयरमेन्ट चार्ज रुपैयाँ ९ करोड ८८ लाख ६७ हजार रिभर्स भएको छ भने असार मसान्तसम्ममा चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रहेकाे छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ७९ पैसा रहेकाे छ भने नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेकाे छ ।