
काठमाडौं, २९ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।
सुनको भाउ यसदिन रुपैयाँ २१ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाएको छ । चाँदीको भाउमा रुपैयाँ २५ ले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा एकैदिन रुपैयाँ २१ सय तथा चाँदीमा रुपैयाँ २५ ले बढेको छ ।
छापावाल सुनमा आज रुपैयाँ २१ सयले बढेर हालसम्मकै उच्च भाउ तोलाको १ लाख ५० हजार ८ सय पुगेको छ ।
यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैया २५ ले बढेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




