मंगलबार नेप्सेमा करेक्सन, साढे २१ अर्बकाे कारोबार

- नेपाल फाइनान्स कारोबारमा अब्बल

-



     सफल आवाज    
     श्रावण २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ साउन । अघिल्लो दिन सोमबार नेप्सेमा हालसम्मकै उच्च रकमको कारोबारको रेकर्ड कायम भएको थियो ।

सोमबार नेप्सेमा २७ अर्ब २४ करोड बढीको कारोबार भएकोमा त्यसको भोलिपल्टै मंगलबार आज करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ विन्दुमा रोकिएको छ ।

नेप्सेमा ०.२७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३२ अंकले घटेर ५१.१५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ ।

कुल ३३२ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ५ करोड २७ लाख ६४ हजार ८३३ कित्ता सेयरको खरिदबिक्री भएको छ ।

यसबाट २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६३३ रुपैयाँ ३१ पैसा बराबरको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको काराबार भएको छ । कम्पनीको ८१ करोड ९९ लाख ४० हजार ८२२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९३ प्रतिशतले घटेको छ ।