शिखर इन्स्याेरेन्सको नाफामा १२६.८७ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     श्रावण ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० साउन । शिखर इन्स्याेरेन्सको खुद नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार नाफा १२६.८७ प्रतिशतले बढेकाे छ ।

गत आर्थिक वर्षको असारकाे अन्त्यसम्म कम्पनीले रूपैयाँ ५१ करोड ३० लाख नाफा कमाएकाे छ । याे नाफा अघिल्लो वर्षको सोही अवधिमा रूपैयाँ २२ करोड ६१ लाख थियो । 

खुद बिमा शुल्क आम्दानी १३.३२ प्रतिशतले बढेर रूपैयाँ १ अर्ब ५६ करोड भएकाे छ । कुल आम्दानी ४.०६ प्रतिशतले बढेकाे छ भने चुक्ता पुँजी रूपैयाँ २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । 

कम्पनीकाे जगेडा काेषमा २५२.३४ प्रतिशतले बढेकाे छ । यसरी बढेर रूपैयाँ ३१ करोड ५१ लाख पुगेकाे छ । इन्स्याेरेन्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५२ पैसाबाट बढेर १९ रुपैयाँ ३२ पैसा भएकाे छ । नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेकाे छ ।