काठमाडौं, ३० साउन । मंगलबार करेक्सन भएको सेयर बजारमा बुधबार लयमा फर्किएको छ । साताको सेयर कारोबार हुने चौथो दिन आज नेपाली बजार पुनः लयका फर्किनु लगानीकर्ताहरु सक्रिय हुनुले नै हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा १.१७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३४ अंकले बढेर ५१९.४९ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै रातो लागेको छ । उनीहरुमा लाइफ इन्स्योरेन्स उपसमूह, फाइक्रोफाइनान्स र म्युचुअल फण्ड रहेका छन् । बाँकी रहेका १० वटा उपसमूहहरुमा हरियो लागेको छ ।
यसदिन कुल ३३२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयरको खरिदबिक्रीबाट २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँ ४८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८६ करोड ५८ लाख ५८ हजार ३०७ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मन्काकिनी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




