नेपाल टेलिकमकाे नाफा १६.४४ प्रतिशतले घट्याे

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३१ साउन । नेपाल टेलिकमकाे खुद नाफामा कमी भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको छ।

गत आर्थिक वर्षको असारसम्ममा कम्पनीले रूपैयाँ ६ अर्ब ६१ करोड ७७ लाख खुद नाफा गरेकाे छ। जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १६.४४ प्रतिशतले थाेरै हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा रूपैयाँ ७ अर्ब ९२ करोड १ लाख थियो।

कम्पनीको आम्दानी ४.९९ प्रतिशतले घटेको छ । वित्तीय आम्दानी १६.६८ प्रतिशतले र कुल आम्दानी ६.३२ प्रतिशतले घटेको छ।

प्रतिशेयर आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा झरेकाे छ । नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ । यसकाे मूल्य आम्दानी रेसियाे २२.९८ गुणा रहेको छ। कम्पनीकाे चुक्ता पूँजी रूपैयाँ १८ अर्ब रहेको छ । जगेडामा रूपैयाँ ७६ अर्ब ५७ करोड रहेकाे छ।