सर्वोत्तम सिमेन्टको आम्दानी बढेपनि खुद नाफा घट्याे

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ साउन । सर्वोत्तम सिमेन्टको आम्दानी बढेकाे छ । तर आम्दानी बढेकाे भएपनि खुद नाफा भने घटेको छ ।

कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा १८.५१ प्रतिशतले घटेकाे छ ।

यसरी घटेर रूपैयाँ १७ करोड ४२ लाख ८६ हजार रहेकाे छ । अघिल्लो वर्षको साेहि अवधिमा कम्पनीले रूपैयाँ २१ करोड ३८ लाख ६७ हजार खुद नाफा गरेकाे थियो । 

सञ्चालन आम्दानी १८.४७ प्रतिशतले बढेर रूपैयाँ ६ अर्ब ३७ करोड ३७ लाख ६७ हजार रहेकाे छ । अघिल्लो वर्ष याे आम्दानी रूपैयाँ ५ अर्ब ३८ करोड २ लाख ६५ हजार थियाे । कमपनीकाे बिक्री लागतमा भएकाे बृद्धिकाे कारण खुद नाफामा कमि भएकाे हो ।

कम्पनीकाे बिक्री लागत २६.५१ प्रतिशतले बढेर रुपैयाँ ५ अर्ब ५७ करोड ७६ लाख ४७ हजार रहेकाे छ । चुक्ता पुँजी रुपैयाँ ४ अर्ब ६५ करोड रुपैयाँ रहेकाे छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा रहेकाे छ । नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेकाे छ ।