काठमाडौं, ३१ साउन । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाकाे नाफामा उल्लेख्य सुधार भएकाे छ । लघुवित्तकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा रूपैयाँ ५० करोड ६४ लाख खुद नाफा कमाएको हाे ।
संस्थाकाे याे नाफा अघिल्लो आर्थिक वर्षको साेहि अवधिको भन्दा १९७.९९ प्रतिशतले बढी हाे । अघिल्लो वर्ष संस्थाकाे नाफा रूपैयाँ १६ करोड ९९ लाख रहेकाे थियो।
लघुवित्तको सञ्चालन नाफा १८९.६२ प्रतिशतले बृद्धि हुँदा नाफा बढ्नमा सहयाेग पुगेकाे हाे । अघिल्लो वर्षमा लघुवित्तकाे सञ्चालन नाफा रुपैयाँ २४ करोड ७८ लाख रहेकाेमा यसपटक बढेर रुपैयाँ ७१ करोड ७८ लाख रहेकाे छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज रिभर्स भएकाेले नाफा बढेकाे हाे ।
सखुद ब्याज आम्दानी ७.८१ प्रतिशतले घटेकाे छ । यसरी घटेकाे नाफा रुपैयाँ १ अर्ब ८० करोड रहेकाे छ । कम्पनीको चुक्ता पुँजी रुपैयाँ २ अर्ब ६१ करोड रहेको छ । जगेडामा रुपैयाँ २ अर्ब ४२ करोड रहेकाे छ । खराब कर्जा ९.८७ प्रतिशतले बढेर १०.६० प्रतिशत रहेकेा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५१ पैसा बढेर १९ रुपैयाँ ३९ पैसा पुगेकाे छ । प्रतिसेयर नेटवर्थ १९८.६१ रुपैयाँ रहेको छ ।