बिहिबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेको र चाँदीमा रुपैयाँ ५ ले बढेको जानकारी गराएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।