नेप्से अपडेट-३०१५.४५ विन्दुमा उक्लिदा साढे ४ अर्बकाे कारोबार

-



     सफल आवाज    
     श्रावण ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ साउन । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार सुरुआत सकारात्मक बन्दै उकालोतिर लागेको छ ।

तीन हजारको विन्दु छुदै पछि सर्दै गरेको नेप्से साढे ११ बजेसम्म ३ हजारको विन्दु पार गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७.६९ अंकले बढेर ३०१५.४५ विन्दुमा उक्लिएको छ ।

नेप्सेमा १.९५ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १४.३२ अंकले बढेर ५३३.८२ विन्दुमा पुगेको छ । हालसम्मको सूचकांकलाई हेर्दा ३ वटा उपसमूहहरुमा रातो लागेको छ । बाँकी १० वटामा हरियो लागेको छ ।

कुल २८९ कम्पनीहरुको १ करोड १२ लाख ३५ हजार ३७५ कित्ता सेयरको खदिरबिक्रीबाट ४ अर्ब ६८ करोड ६९ लाख २८ हजार १७१ रुपैयाँ ५३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको १८ करोड ८३ लाख ७२ हजार ११ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य ८.७३ प्रतिशतले घटेको छ ।