काठमाडौं, ३१ साउन । नेपाल राष्ट्र बैंकले दुईवटा मनी एक्सचेञ्ज कम्पनीको लाइसेन्स खारेज गरेको जनाएकाे छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचना जारि गरेर दुई मनी एक्सचेञ्ज कम्पनीको इजाजत खारेज गरेको जनाएको हाे ।
राष्ट्र बैंकका अनुसार काठमाडौंकाे ठमेलमा रहेको रेन्बो मनी एक्स्चेन्ज र ललितपुरको पुल्चोकमा रहेको कसा मनी एक्स्चेन्जको इजाजतपत्र खारेज गरिएकाे हाे ।
दुबै कम्पनी मनी एक्स्चेन्ज कम्पनीले इजाजतपत्र नवीकरण नगरेकोले उनीहरुकाे इजाजतपत्र खारेज गरेको राष्ट्र बैंकले सूचनामा जनाएकाे छ।