काठमाडाैं, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि निगमले घटेकाे मूल्य अनुसार मूल्य घटाएको बिज्ञप्तीमार्फत जानकारी दिएकाे छ ।
नयाँ ताेकिएकाे मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ घटेकाे छ । यसरी घटेकाे मूल्य प्रतिलिटर रूपैयाँ १६५ कायम भएकाे छ ।
यस्तै निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएएकाे छ । घटेकाे मूल्य रूपैयाँ १५५ ताेकिएकाे छ ।
भारतीय आयल निगमले पठाएकाे नयाँ मूल्यसूचीका अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएकाे हाे । आयल निगमले साेहि मूल्य अनुसार मूल्य घटाएकाे हाे ।