
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
तनहुँ, ३२ साउन । तनहुँको ऋषिङ गाउँपालिका–३ दुबुङ्गस्थित भ्यूटावर परिसरमा एक हजार पाँच सय चियाका बिरुवा लगाइएको छ ।
इलामबाट ल्याइएको चियाको बिरुवा पहिलो पटक परीक्षणका रुपमा सात रोपनी क्षेत्रफलमा लगाएको हो । समुन्द्री सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा रहेको यस स्थानमा इलामको जस्तै चिया बगान बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
करिब एक सातादेखि बिरुवा लगाउनका लागि खाडल खन्ने काम पूरा गरी आज बिरुवा लगाइएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिए । उनले भने, “चिया खेती राम्रो भएमा अन्यत्र स्थानमा पनि विस्तार गर्दै लैजाने योजना छ ।”
चियाको प्रतिबिरुवा रु १० मा खरिद गरी ल्याइएको हो । लामो दूरीबाट ल्याउनुपरेका कारण ढुवानीमा कठिनाइ भएको प्रवक्ता दरैले बताए।
गाउँपालिकाले थालेको यस अभियानमा खाडल खन्नेलगायतका कार्यमा स्थानीयवासीले देखाएको सक्रियताले गाउँपालिकालाई थप हौसला मिलेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
उनका अनुसार पर्यटकीयस्थलका रुपमा विकास गर्न गाउँपालिकाले यस स्थानमा घरबास, पोखरी निर्माण, चिल्ड्रेन पार्क, सिँढी निर्माणलगायत संरचना निर्माण गरिसकेको छ ।
चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानी गरी करिब रु दुई लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताए। “एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने रहेछ”, उनले भने, “खाडल खन्ने कार्यमा स्थानीयले स्वतस्फुर्त श्रमदान गरेकाले सोचे अनुरुप खर्च भएको छैन ।”








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




