नेपाल पूर्वाधार विकास बैंकको सीइओमा अधिकारी नियुक्त

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३२ साउन । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन्। बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने गरेकाे हो ।

नवनियुक्त सिइओ अधिकारीले यही भदौ २ गते जिम्मेवारी सम्हाल्ने भएका छन् । उनी चार वर्षका लागि नियुक्त भएका हुन्।  अधिकारी एक अनुभवि व्यक्ति हुन्। यसअघि उनले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।

निफ्राको पूर्व कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले गएकाे माघमा राजीनामा दिएपछि साे पद खाली थियो । सात महिना पछि सोही पदमा अधिकारीलाई नियुक्त गरिएकाे छ।