
काठमाडौं, ३२ साउन। नेप्सेमा सूचीकृत भएका ४९ लघुवित्त कम्पनीहरुमा हालसम्म ४६ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएकाे वित्तीय विवरणले लघुवित्त कम्पनीहरु विस्तारै सुधारकाे लयमा देखिएका छन् ।
अधिकांश कम्पनीको खुद नाफासँगै वितरणयोग्य मुनाफा बढेसँगै लाभांश वितरण गर्ने क्षमता बढेकाे देखिन्छ । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुको लाभांश क्षमता घटीमा १.४४ प्रतिशतदेखि बढीमा १७७.५५ प्रतिशतसम्म रहेकाे छ ।
यही बीचमा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका ४६ लघुवित्तमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता नेष्डो समृद्धि लघुवित्तको देखिएकाे छ। जसकाे १७७.५५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेकाे छ।
युनिक नेपाल लघुवित्तकाे १२५.५६ प्रतिशतसम्म, छिमेक लघुवित्तको लाभांश वितरण गर्ने क्षमता ५७.६४ प्रतिशत र साना किसानको लाभांश वितरण गर्ने क्षमता ४५.४४ प्रतिशत रहेकाे छ ।
स्वाबलम्बन लघुवित्तकाे ३३.११ प्रतिशत, नेसनल लघुवित्तको २९.२५ प्रतिशत, महिला लघुवित्तको २८.६१ प्रतिशत रहेको छ । यस्तै अन्यमा गुराँस, फर्वार्ड, एनआईसी एसिया, मिथिला, आशा, समाज, आरम्भ चौतारी, सर्पोट तथा आत्मनिर्भर लघुवित्तको लााभांश क्षमता २० प्रतिशतभन्दा बढी छ ।
मातृभूमिकाे १६ प्रतिशत, नाडेपकाे १५ प्रतिशत, मेरोकाे १४ प्रतिशत, फस्ट माइक्रोकाे ११ प्रतिशत, आरएसडीसीकाे १० प्रतिशत र ग्लोबल आईएमइकाे १० प्रतिशत लाभांश क्षमता रहेको छ । कालिका लघुवित्तको ९ प्रतिशत, इन्फिनिटीकाे ६ प्रतिशत र लक्ष्मी, नेरुडे मिर्मिरे र गणपतिको ५ प्रतिशत भन्दा कम रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




