सुनमा ९ सयले गिरावट, चाँदीको भाउ बढ्यो

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ साउन । साताको सेयर कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा केहि तलमाथि भएको छ ।

यसदिन छापावाल सुनको भाउ घटेको छ । चाँदीको भाउमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ९ सयले घटेको जानकारी दिएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

छापावाल सुनमा रुपैयाँ ९ सयले घटेर तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।