मानुषी लघुवित्तले डाक्याे विशेष साधारण सभा

-



     सफल आवाज    
     भाद्र २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ भदाै । मानुषी लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा भदौ ७ गते डाकिएकाे छ । सभामा उपयुक्त लागेकाे अन्य कुनै लघुवित्तसँग मर्जरमा जाने लगायतका प्रस्ताव पेश गरिने भएकाे छ । साथै कम्पनीले आवश्यक प्रक्रिया अगाडि बढाउन त्यसकाे जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गरिने भएकाे छ । 

साधारण सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत प्रस्ताव रहेका छन् । मानुषी लघुवित्तले सभा, होटल प्यालिसेड रिसोर्ट, सूर्यविनायक भक्तपुरमा उक्त दिन बिहान १०ः३० बजे बेालाएकाे छ ।