सुनमा अर्को रेकर्ड: तोलाको १ लाख ५२ हजार ६ सय पुग्याे

-



     सफल आवाज    
     भाद्र २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ भदौ । सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेर अहिलसम्मकै उच्च रेकर्ड कायम गरेको हो । चाँदीको भाउ पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ हजारले बढेकोे छ । चाँदीमा रुपैयाँ ५० ले बृद्धि भएको छ ।

छापावाल सुनमा एकै रुपैयाँ ३ हजारले बढेर तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीमा रुपैयाँ ५० ले बढेर तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।