प्रि ओपन सेसन : नेप्सेमा १६.३८ अंककाे बृद्धि

-



     सफल आवाज    
     भाद्र २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ भदाै । साताकाे सेयर काराेबार हुने पहिलाे दिन नेपाली सेयर बजारकाे ओपनिङ सकारात्मक देखिएकाे छ ।

नेप्से परिसूचक प्रि ओपन सेसनमा १६.३८ अंकले बढेको  छ । यसरी बढेकाे नेप्से ३०१७.२९ विन्दुमा चढेकाे छ । साे अवधिमा ११९ कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ ।

उनीहरूकाे १ लाख १० हजार ७ सय ६४ कित्ता सेयरकाे खरिदबिक्रीबाट रूपैयाँ ४ करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।

यस सेसनमा ६८ कम्पनीहरूको सेयरमूल्य बढेको छ । ३० वटाको भने मूल्य घटेको छ । बाँकी रहेका कम्पनीहरूको सेयरमूल्य स्थिर रहेकाे छ ।