आज र भोलि सार्वजनिक बिदा, सेयर बजार बन्द

-



     सफल आवाज    
     भाद्र ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ भदाै । सरकारले आज र भोलि सार्वजनिक बिदा दिएकाे छ । बिदाकाे कारण सेयर बजार बुधबार मात्रै खुल्ने भएकाे छ । सेयर बजामार आइतबार काराेबार भएपछि अब बुधबार खुल्नेछ ।

सोमबार र मंगलबार अर्थात भदौ ३ र ४ गते लगातार २ दिन सार्वजनिक बिदा परेकाे कारण बजार बन्द हुने भएको हाे । यसकारण भदौ २ गते पछि बजार बुधबार खुल्नेछ । यसका साथै बैंक तथा बित्तीय संस्थाकाे काराेबार पनि बन्द रहनेछ।

सरकारले सोमबार र मंगलबार जनै पूर्णिमा र गाइजात्रा पर्वकाे सार्वजनिक विदा दिएकाे हाे ।