सुनकाे भाउ १ सयले घट्याे चाँदीमा भने बृद्धि

-



     सफल आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित



काठमाडौं, ४ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनको भाउ यस दिन रूपैयाँ १ सयले घटेको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले गिरावट भई तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १० ले बृद्धि भएर तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।