कालिका लघुवित्तको १५औं बार्षिकाेत्सव सम्पन्न

-



     सफल आवाज    
     भाद्र ४ गते २०८१ मा प्रकाशित



पाेखरा,४ भदाै । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले १५औं बार्षिकाेत्सव कार्यक्रम सम्पन्न गरेकाे छ ।

१५औं बार्षिकाेत्सवका अवसरमा संस्थाले केन्द्रीय कार्यालय र अन्य १०० वटा शाखाहरूमा शान्तिकाे कामनासहित १५ वटा /१५ वटा दीप प्रज्वलन गरि बार्षिकाेत्सव मनाएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले बताएका छन ।

साे अवसरमा संस्थालाइ यहासम्म पुर्याउन सहयाेग गर्नुहुने सम्पुर्ण ग्राहकबर्ग, शेयरधनी, नियमन निकाय तथा सुभेच्छुकप्रति कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड परिबारले कृतज्ञता समेत ब्यक्त गरेकाे छ ।