नेशनल लाइफले डाक्याे साधारण सभा, लाभांश कति ?

-



     सफल आवाज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ भदाै । लाभांशकाे प्रस्ताव पारित गर्नका लागि नेसनल लाइफ इन्स्याेरेन्सले भदौ ७ गते साधारण सभा डाकेकाे छ । साधारण सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे डाकिएकाे छ ।

सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र तथा कर प्रयाेजनका लागि १०.७४ प्रतिशत नगद लाभांशसहित १४.७४ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नेछ । 

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानका बारेमा छलफल गरिने भएकाे छ । यस्तै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेकिने भएकाे छ । 

इन्स्याेरेन्स साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गरेकाे थियाे । लाभांश पाउन र साधारण सभामा भाग लिनका लागि सेयरधनीहरूले साउन २३ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।