बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र ५ गते २०८१ मा प्रकाशित



काठमाडौं, ५ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबकार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर तोलाको १ लाख ५३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।