
काठमाडाैं, ६ भदौ ६ । सनराइज फर्स्ट म्युचुअल र फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।
लाभांश पाउन इकाईधनीहरुले आजसम्म सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको प्रतिफल सुरक्षित गरिसक्नु पर्नेछ । दुबै फण्डहरुले शुक्रबार भदौ ७ गते बुकक्लोज गर्ने बताएका छन्।
इकाईधनीहरुले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले मात्रै फण्डहरुबाट वितरण हुने प्रतिफल पाउन सक्नेछन्।
सनराइज फर्स्ट म्युचुअल फण्ड सनराइज म्युचुअल फण्ड अन्गर्तत सञ्चालित छ । फण्डले आर्थिक वर्ष २०८०/८१ को लागि कर सहित १२.५ प्रतिशत लाभांश वितरणकाे घोषणा गरेको थियो । यस्तै सनराइज फोकस्ड इक्विटी फण्डले कर सहित ४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।
दुबै फण्डहरूकाे योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कोष प्रबर्द्धकमा लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




