आँखुखोला जलविद्युतकाे हकप्रदमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     भाद्र ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ भदाै । आँखुखोला जलविद्युत कम्पनीकाे हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने भएकाे छ । कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे ।

कम्पनीले १ः१.५ अनुपातमा रुपैयाँ १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियाे । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हाे ।

कम्पनीले साउन १ गते बुक क्लोज गरेको थियो । लगानीकर्ताले लाभा‌श पाउनका लागि असार ३१ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउनका लागि याेगय मानिनेछन् ।

सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले सेबाेनबाट सिआस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। कम्पनीको चुक्ता पुँजी रुपैयाँ ८० करोड रहेको छ । हकप्रद निष्कासनपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

हकप्रद सेयरकाे प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेकाे छ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।