
काठमाडौं, ९ भदौ । आईतबार सेयर बजारमा भारि गिरावट भएको छ । कारोबारमा सन्तोष लिने ठाउँ भएपनि माइक्रोफाइनान्स बाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् ।
साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावटले लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।
यसदिनको प्रि ओपन सेसन सकारात्मक भएपनि क्लोजिङ भने सकारात्मक नभई करेक्सनमा गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा भारि गिरावट भएको छ । नेप्सेमा ७९.८८ अंकले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १४.५२ अंकले घटेर ५१९.३४ विन्दुमा झरेको छ ।
नेप्सेमा रहेका १३ उपसमूहहरुमध्ये एउटा उपसमूह माइक्रोफाइनान्समा मात्रै हरियो लागेको छ । बाँकी १२ वटामा रातो लागेको छ ।
यसदिन कुल ३३३ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४ करोड २६ लाख ८६ हजार ६४० कित्त सेयरको कारोबारबाट १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८ सय रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८४ करोड ६८ लाख १७ हजार ३४७ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




