आज अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

-



     सफल आवाज    
     भाद्र १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । साथै यूरोको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ५६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ७५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५७ रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ ६१ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९९४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०२ रुपैयाँ ९५ पैसा बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः